आज कर्णाली प्रदेशसभाको उप-सभामुख चयन गरिँदै – Nepal Press

आज कर्णाली प्रदेशसभाको उप-सभामुख चयन गरिँदै

सुर्खेत । कर्णाली प्रदेशसभाको उप-सभामुख चयन गरिँदै छ।

आज ९ बजेदेखि १० बजे सम्म उम्मेदवारको प्रस्ताव दर्ता, १०ः १५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १०ः ४५ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध गर्ने गरी तालिका सार्वजनिक गरिएको छ ।

यस्तै ११ बजेसम्म उम्मेदवारको प्रस्ताव फिर्ता, ११ः १५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । दिउँसो १ बजे सुरु हुने बैठकबाट मत विभाजन गरी निर्वाचन परिणाम घोषणाको कार्यतालिका रहेको छ ।

मङ्गलवार बसेको प्रदेश सभाको बैठकले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ९ बमोजिम कर्णाली प्रदेशको उप(सभामुखको निर्वाचनको मिति तोकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर