कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय हुने – Nepal Press

कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

बिहान ९ बजे बस्ने पदाधिकारी बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ।

संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर