सुदूरपश्चिमको उपसभामुखमा कोइली चौधरी र माया पन्त भिड्दै – Nepal Press

सुदूरपश्चिमको उपसभामुखमा कोइली चौधरी र माया पन्त भिड्दै

कैलाली । सुदूरपश्चिम प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादी माया पन्त चुनावी मैदानमा उत्रिने भएका छन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख नागरिक उन्मुक्तिले स्वीकार नगरेपछि एमालेले लिएको हो ।

आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् । आजै उपसभामुखको पनि निर्वाचन हुँदैछ ।

आजै .४ बजे सम्म मनोनयन दर्ता गरेर ६ बजे निर्वाचन गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर