एमालेका मन्त्रीको नाममा सामान्य हेरफेर, बलरामको ठाउँमा डा. विमला राई पौडेल – Nepal Press

एमालेका मन्त्रीको नाममा सामान्य हेरफेर, बलरामको ठाउँमा डा. विमला राई पौडेल

काठमाडौं । नेकपा एमालेले आफ्नो भागमा परेका मन्त्रालयको अन्तिममा केही हेरफेरसँगै चार जना मन्त्रीको नाम चयन गरेको छ । मन्त्रालयको हेरफेरसँगै यसअघि मन्त्री बनाइने भनिएका कपिलवस्तुका बलराम अधिकारीको नाम अन्तिममा काटिएको छ ।

अध्यक्ष केपी शर्मा अ‍ोलीको निवास बालकोटमा भएको शीर्ष नेताको छलफलपछि परराष्ट्र मन्त्रालयमा डा. विमला राई पौडेल र स्वास्थ्य मन्त्रीमा पदम गिरीलाई पठाइएको छ ।

त्यस्तै हरि उप्रेती र भगवती चौधरीको मन्त्रालय प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री विष्णु पौडेलबीच छलफलपछि टुंगो लाग्ने भएको छ । मन्त्रीहरूको शपथग्रहण अहिले केहीबेरमा शीतल निवासमा हुँदैछ ।

मन्त्रालयको बारेमा शीतल निवास पुगुन्जेल पनि तलमाथि हुने भएकाले सबैको अहिले सार्वजनिक नगरिएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर