नयाँ मन्त्रीहरुको सपथ ग्रहण मंगलबार हुने, त्यसपछि मात्रै सर्वदलीय बैठक – Nepal Press

नयाँ मन्त्रीहरुको सपथ ग्रहण मंगलबार हुने, त्यसपछि मात्रै सर्वदलीय बैठक

काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालय तथा मन्त्रीको संख्या बाँडफाँट टुंगिएको छ । नयाँ मन्त्रीहरुले मंगलबार सपथग्रहण गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

मंगलवार १ बजे सपथग्रहण अगाडि दलहरुले आन्तरिक छलफल गर्ने भएकाले मन्त्रालय भागबण्डाको औपचारिक जानकारी दिन आफू असमर्थ रहेको बताए । यद्यपी अब मन्त्रालय बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक नबस्ने लामिछानेले बताए ।

रास्वपा अध्यक्षसमेत रहेका लामिछानेले मन्त्रीहरुको सपथ ग्रहणपछिमात्र प्रधानमन्त्रीले बोलाएको कांग्रेससहितको सर्वदलीय बैठक बस्ने बताए । उनले नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले मन्त्रालय भागवण्डामा सहभागी नरहेको समेत जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर