पावर शेयरिङको टुंगो लगाउन सत्ता साझेदार दलका शीर्ष नेता ४ घण्टादेखि बैठकमा – Nepal Press

पावर शेयरिङको टुंगो लगाउन सत्ता साझेदार दलका शीर्ष नेता ४ घण्टादेखि बैठकमा

काठमाडौं । सरकारलाई पूर्णता दिनका लागि मन्त्रालय बाँडफाँटका साथै पावर शेयरिङको निर्णय गर्न बसेको सत्ता साझेदार दलहरुको शीर्ष बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टाभन्दा लामो समयदेखि बसिरहेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिब ५ घण्टा छलफल भएको थियो । सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँटको टुंगो लगाउनका लागि भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

दलहरुबीच मन्त्रालय बाँडफाँटका साथै राष्ट्रपति, सभामुख र उपसभामुख लगायतका पदको बारेमा समेत छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर