प्रचण्ड बाहिरिएलगत्तै ओली र विष्णु पौडेलबीच बालकोटमा छलफल – Nepal Press

प्रचण्ड बाहिरिएलगत्तै ओली र विष्णु पौडेलबीच बालकोटमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा उपप्रधान एमव् अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बेलामा उपप्रधानमन्त्री पौडेल बालकोट पुगेका थिए ।

प्रचण्ड र ओलीबीच करिब पाँच घण्टा भएको छलफलमा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा सरकारले आजै पूर्णता पाउने बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर