बार्सिलोनालाई सुपरकपको उपाधि – Nepal Press

बार्सिलोनालाई सुपरकपको उपाधि

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराउँदै बार्साले उपाधि रक्षा गरेको हो ।

साउदी अरबमा भएको खेलमा १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए ।

जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर