को हुन् संघीयताको पहिलो महिला सभामुख गुरुङ ? – Nepal Press

को हुन् संघीयताको पहिलो महिला सभामुख गुरुङ ?

सुर्खेत । संघियता कार्यान्वयन स्थापनापछि पहिलो पटक कर्णाली प्रदेशले महिला सभामुख पाएको छ । नेकपा एमालेकी समानुपातिक सांसद नन्दा गुरुङ संघीयता कार्यान्वयनपछि पहिलो महिला सभामुख बेनेकी हुन् । बुवा लालबहादुर गुरुङ र आमा लालकुमारी गुरुङको कोखबाट दैलेख नारायण नगरपालिका वडा नम्बर ७ मा विसं २०२३ फागुन २ गते जन्मिएकी हुन् । बसाई सरेपछि बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा वितेको थियो ।

गुरुङले विद्यार्थीकाल बाटै राजनीतिकको यात्रा सुरु गरेकी थिन् । कक्षा ७, ८ पढ्दा नै राजनीतिक कार्यक्रममा संलग्न हुने गर्थिन् । उनी २०४६ बाट अखिल नेपाल महिला संघको सदस्यबाट राजनीतिमा आएकी हुन् । पार्टिको प्रारम्भिक सदस्यबाट राजनीतिकमा अगाडि बढाएकी हुन् ।

दाईहरु राजनीतिमा आवद्ध भएकाले उनीहरुको प्रेरणाबाट सानै देखि राजनीतिकमा चासो थियो । दाईहरुकै प्रभावले २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैठौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी गुरुङले २०४६ पछि नेकपा एमालेमा राजनीति गरेकी थिन् ।

लामो समय एमाले राजनीतिमा सक्रिय गुरुङले विभिन्न महिला संगठनको नेतृत्व गर्दै २०५४ सालमा साविक वीरेन्द्रनगर वडा नम्बर ४ को वडा महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

एमाले पार्टीको प्रारम्भिक कमिटिदेखि आबद्ध हुँदै तीन कार्यकाल जिल्ला कमिटि सदस्यका रुपमा काम गरिसकेकी थिइन् । उनी अहिले प्रदेश कमिटि सदस्य हुन् । २०५४ सालमा श्रीमान गुमाइन् ।

साथै, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष पनि हुन् । यसअघि उनले एमालेकै भातृ संगठन युवा संघमा पनि काम गरिसकेकी छन् ।

वीरेन्द्रनगर–१२ मा रहेको अमर ज्योति माध्यामिक विद्यालयमा खुला शिक्षा तर्फबाट २०६५ सालमा एस एलसी उत्तिर्ण, ०६६, ०६७ प्रविणता तह ०६९, ०७०, ०७१ सालमा शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह अध्ययन पूरा गरेकी छन् । गत मंसिर ४ मा एमालेले गुरुङलाई समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।

उनी एकल महिला तथा महिलाहरुको हक हितका लागि पनि क्रियाशिल छन् । हाल मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि छन् ।

राजनीतिक यात्रा कति सहज रह्यो ?

घरमा एक्लै हुँदा दुई छोरी र एक छोराको जिम्मेवारी सँगै राजनीतिक यात्रालाई सँगसगै दुख संर्घष गर्दै यो स्थानमा आइपुगेको सभामुख गुरुङ बताउछिन् । घरका परिवारले केहि नभने पनि समाजका कारण घर भन्दा बाहिर निस्किन गाह्रो हुँन्थो । समाजले नैतिकतामा औला उठा्थ्यो उनले भनिन् ।

यस्तै, सभामुखको जिम्मेवारी समालेपछि सभामुखको भूमिका निभाह्र बताइन् ।

गुरुङले भनिन्, प्रदेशसभालाई मर्यादित बनाउने, सरकारले ल्याएका विधेयकहरुमा छलफल गर्ने, संसदिय कार्यबिधि अनुसार अगाडि बढ्ने, कर्णाली प्रदेश बिकट र पिछडिएको हुँदा महिलाहरुमा हुने समस्याहरुलाई न्यूनिकरण गर्न मैले ध्यान दिन्छु ।’

एकल महिलालाई घर भन्दा पनि बाहिका व्यक्तिले हेर्ने नचर फरक हुँदा पनि राजनीतिक यात्रालाई डोराउदै हिडेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर