सचिन पछ्याइरहेका कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाए ४६औं शतक – Nepal Press

सचिन पछ्याइरहेका कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाए ४६औं शतक

नयाँ दिल्ली । भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४६औं शतक बनाएका छन् । श्रीलंकाविरुद्ध जारी शृंखलाको तेस्रो तथा अन्तिम खेलमा कोहलीले अविजित १६६ रन बनाएका छन् ।

कोहलीको शानदार ब्याटिङपछि भारतले श्रीलंकालाई ३९१ रनको लक्ष्य दिएको छ। कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने ब्याट्सम्यान हुन् ।

उनीभन्दा अगाडि रहेका भारतकै सचिन तेन्दुलकरको नाममा ४९ शतक रहेको छ । ३० शतकसहित अस्ट्रेलियाका रिकी पोन्टिङ तेस्रोमा छन् । कोहलीले हालसम्म २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले ६४ अर्धशतक पनि बनाएका छन् । उनी १५ खेलमा शून्यमै आउट भएका थिए भने ४० खेलमा अविजित रहे ।

तेन्दुलकरले ४६३ खेल खेल्दै ९६ अर्धशतक बनाएका थिए । २० पटक शून्यमा आउट भएका उनी ४१ खेलमा अविजित रहेका थिए ।

कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १२ हजार ७५४ रन बनाएका छन् । उनी सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा छन् ।

शीर्षस्थानमा रहेका तेन्दुलकरले १८ हजार ४२६ रन बनाएका छन् । कुमार सांगाकाराले ४०४ खेलमा १४ हजार २३४, पोन्टिङले ३७५ खेलमा १३ हजार ७०४ र सनथ जयसुर्याले ४४५ खेलमा १३ हजार ४३० रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर