मैले राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने अनुभूत गरेको छु : प्रचण्ड (भिडिओ) – Nepal Press

मैले राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने अनुभूत गरेको छु : प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको बताए।

उनले भने, ‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो अस्ति विश्वासको मत लिँदा। झण्डै सिंगै सदन नै सहमत भयो। र, विश्वासको मत मलाई असाधारण उचाइको साथ मलाई प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’

उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए।

प्रतिक्रिया

One thought on “मैले राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने अनुभूत गरेको छु : प्रचण्ड (भिडिओ)

  1. वकम्फुस्से कुरा गर्दै किन हिडनु ? फटाफट काम गर्नु नि एमडिएमएस स्थगित गर्न लगाए जस्तै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर