कर्णालीमा एमाले सभामुखको उम्मेदवारी दर्ताको तयारीमा
नेपाल प्रेस
२०७९ पुष ३० गते १५:०८
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशसभाको सभामुखमा नन्दा गुरुङलाई अगाडि बढाउने भएको छ ।
गुरुङले शनिवार दिउँसो ४ बजे सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेछिन् ।
सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको थियो । उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया