मधेस : सभामुखका लागि एमालेका मण्डलको उम्मेदवारी दर्ता – Nepal Press

मधेस : सभामुखका लागि एमालेका मण्डलको उम्मेदवारी दर्ता

जनकपुरधाम । मधेश प्रदेशका सभामुखका नेकपा एमालेका सांसद रामचन्द्र मण्डल उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता साझेदार दलहरुबीच बनेको सहमति अनुसार सांसद मण्डलले प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

धनुषा क्षेत्र नम्बर १९२०बाट निर्वाचित मण्डलले सभामुखका लागि आफूलाई लोसपा सहित सत्ता साझेदार सबै दलको समर्थन रहेको बताए ।

सभामुख र उपसभामुखको उम्मेदवारी दर्ताका लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजेदेखि दिउसो ३ बजेका लागि समय दिएको छ ।

सत्ता साझेदार दलहरुबीच उपसभामुख जनमत पार्टीलाई दिने सहमति बनेको छ । उपसभामुखमा जनमतले बबिता राउत ईसरको उम्मेदवारी दर्ता गराउने बुझिएको छ ।

यता, नेपाली कांग्रेसले पनि सभामुख/उपसभामुखमा उम्मेदवारी दर्ता गराउने/नगराउने विषयमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर