बन्दी रिहा नहुँदासम्म प्रदेश र सङ्घ कुनै सरकारमा नजाने रन्जिताको अडान – Nepal Press

बन्दी रिहा नहुँदासम्म प्रदेश र सङ्घ कुनै सरकारमा नजाने रन्जिताको अडान

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी को प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाइ हो’ उनले लेखेकी छन् , ‘हामी अनि हाम्रो माननीयज्यू हरू लाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’

उनले बन्दीहरू रिहा नहुँदा सम्म सङ्घ र प्रदेश दुबैमा सरकारमा नजाने स्पष्ट पारेकी हुन् ।

‘जब सम्म हाम्रो निर्दोष राजबन्दीहरू नि सर्त रिहाइ हुँदैनन् नागरिक उन्मुक्ति पार्टी न सङ्घ मा न प्रदेश मा कहीँ कतै सरकार मा सामेल हुँदैनन्’ उनले स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया

One thought on “बन्दी रिहा नहुँदासम्म प्रदेश र सङ्घ कुनै सरकारमा नजाने रन्जिताको अडान

  1. किन जानू सरकारमा अरूलाई भाग पुग्छ ? समर्थन गरे पुगिहाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर