धनगढीमा एलपीएलको सातौं संस्करण माघ २१ गतेबाट, विजेताले २ लाख ५१ हजार १११ पाउने – Nepal Press

धनगढीमा एलपीएलको सातौं संस्करण माघ २१ गतेबाट, विजेताले २ लाख ५१ हजार १११ पाउने

कैलाली । लिटिल फ्लावर प्रिमियर लिगको सातौं संस्करण आगामी माघ २१ गतेबाट सञ्चालन हुने भएको छ ।

आयोजक लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि फागुन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगिताको यस संस्करण धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

सातौं संस्करणको विजेतालाई २ लाख ५१ हजार १११ र उपविजेतालाई १ लाख २५ हजार ५२५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई २ हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहने भएको छ । १० टीमलाई २ समूहमा विभाजन गरिनेछ । प्रत्येक टीमले ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ
छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर