झलनाथको आरोप- ओलीले राजावादीसँग अंगालो हाले, एमालेको असाध्यै माया छ – Nepal Press

झलनाथको आरोप- ओलीले राजावादीसँग अंगालो हाले, एमालेको असाध्यै माया छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीहरुसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् ।

नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले ओली दक्षिणपन्थी भाषमा भाषिएपछि आफूहरुले विद्रोह गरेको बताए ।

उनले भने, ‘अहिले उहाँ (ओली) राजावादीहरुसँग अंकमाल गर्न पुग्नुभएको छ । दुईतिहाइको बहुमतलाई छाडेर सामान्य बहुमत ल्याउन पनि नसक्ने । देशको ठूलो पार्टी पनि हुन नसक्ने र पुनरुत्थानवादीहरुसँग अंगालो हालेरमात्रै सत्ता प्राप्त गर्ने अवस्थामा पुग्नुभएको छ । यो उहाँको जीवन र देशको लागि केही समयका लागि दुर्भाग्य हो ।’

नेता खनालले आफूहरुले आम जनताको साथ लिएर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्घोष गरे । घनश्याम भुसाल आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभरका युवाहरुमा आशाको तरङ्ग पैदा भएको उनको भनाइ छ ।

उनले भने, ‘नेकपा एमाले हामीले नै बनाएका हौं । त्यसको असाध्यै धेरै माया पनि छ । हामीले हाम्रो जिन्दगीको हराभरा समय त्यही बिताएका हौं । त्यो पार्टीका हजारौं कार्यकर्ता कम्युनिष्ट एकताको पक्षमा हुनुहुन्छ । तर, कतिपय कार्यकर्तामा दक्षिणपन्थी अवसरवादको तुँवालो छ ।’

नेता भुसालले जस्तो एकताबद्ध भएर नेकपा एसमा आएर कम्युनिष्ट आन्दोलन र राष्ट्रियता जोगाउन लागिपर्न नेता खनालले आग्रह गरे ।

प्रतिक्रिया

One thought on “झलनाथको आरोप- ओलीले राजावादीसँग अंगालो हाले, एमालेको असाध्यै माया छ

  1. तिमीहरूजस्ता भारतीय दलालहरूभन्दा त देशभक्त राजावादी नै ठिक । राजावादीले राजावादी हुँ भन्ने मात्रै हो तिमीले आफूलाई कम्युनिष्ट भनेर भारतको लागि दलाली गरेजस्तै हो । न कम्युनिष्ट व्यवस्था आउँछ न राजा फर्किन्छन् । एउटा वादी भन्दै यहि संविधानभित्र रहने हो सबैले । अब भुसालजस्तो अस्थिर, पदलोलुप, गजडी गफाडी तिमीहरूकोमा गयो एमालेलाई त आनन्द भयो । अब एउटा बाँकी छ एमालेमा नक्कली राष्ट्रवादी भारतीय आदेशपालक रावल । त्यो पनि तिमीहरूकोमा गएपछि एमाले सफा र कन्चन हुन्छ । अनि एसलाई चाँडो पतन गराउने पनि त्यहि भुसाल र रावल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर