मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेपछि प्रतिवाद गरेँ : घनश्याम भुसाल – Nepal Press

मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेपछि प्रतिवाद गरेँ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सर्वत्र म भन्ने अहंकार हावी भएको आरोप लगाएका छन् ।

आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले भने, ‘ओली संगठन कस्तो हुन्छ सौराह काण्डजस्तै हो । सिद्धान्त राज्य र पार्टी सबै मेरा चाकर हुन् भन्ने ठान्छन्। विचार सर्वत्र म भन्ने हो ।’

ओलीवाद हावी भएकै कारणले अहिले कम्युनिष्ट आन्दोलन अफ्ठ्यारोमा परेको आरोप लगाए । उनले भने, ‘मैले गालीगलोज गरेको छैन । कसैले बहस गर्छ म तयार छु ।’

एमालेमा ओलीवाद हावी भएकै कारणले आफू एमालेमा बस्न नसकेको उनको भनाइ छ ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा अरु कसैलाई ल्याएर उठाइदैछ भन्ने मलाई थाहा थियो। मैले सबैलाई भनेको दिए मलाई उम्मेदवारी दिइदैन । यो समान्य कुरा थियो । तर, मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन । जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्छ मलाई । त्यसैले मैले प्रतिवाद गरेको हुँ ।’

सत्ताको लागि संविधान विपरितका आश्वासन बाँडेर गठबन्धन गरेकोप्रति असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया

2 thoughts on “मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेपछि प्रतिवाद गरेँ : घनश्याम भुसाल

  1. एउटा भारतीय दलालले अर्कोलाई मण्डले भन्यो । जनताले के गरे त्यो हेर न । भारतीय दलाललाई हराए ।

  2. पद मा रहदा केहि गर्न नसक्ने सधै सिद्द्न्त भनेर फलाक्ने यमाले मा रहेर के चाइ राम्रो काम गर्नु भयो र अब समाजबादी मा चाइ के राम्रो काम गर्नु हुन्छ सिद्दान्त ले देश बन्दैन गफ ले देश बन्दैन महोदय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर