बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटी  एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *