सत्ता गठबन्धनकै सांसदको मत बदर हुँदा सुदूरपश्चिममा निर्वाचित भएनन् सभामुख – Nepal Press

सत्ता गठबन्धनकै सांसदको मत बदर हुँदा सुदूरपश्चिममा निर्वाचित भएनन् सभामुख

कैलाली । सुदूरपश्चिममा सत्ता गठबन्धनका सांसदबाटै मत बदर हुँदा सभामुख निर्वाचन भोलिका लागि सरेको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारीले पहिलो चरणमा २७ मत प्राप्त गरे । तर दोस्रो चरणमा भने उनले २६ मत मात्रै ल्याए । जबकी निर्वाचित हुनका लागि २७ मत आवश्यक हुन्छ ।

दोस्रो चरणको निर्वाचनमा सत्ता गठबन्धनकै एकजना सांसदको मत बदर भएपछि सभामुखको निर्वाचन भोलि पुनः हुने भएको छ ।

उता नेपाल नेपाली कांग्रेस, नेकपा एस र स्वतन्त्रबाट उम्मेदवार बनेका मान बहादुर रावलले २३ मत प्राप्त गरे । उनले दुवै चरणमा २३ मत नै ल्याए ।

यस प्रदेशमा जम्मा ५३ जना सांसद रहेका छन् । जसमा सत्तारुढ गठबन्धन दलहरु एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्तिसहित २९ जना छन् । आजको निर्वाचनमा एमालेका सांसद चक्र मल्ल बैठकबाट बाहिर निस्किएका थिए । तर पछि जनाउ घण्टी बजेपछि उनलाई प्रवेश गर्न दिइएको थिएन् ।

त्यस्तै, नागरिक उन्मुक्तिका लक्षमण किशोर चौधरी भने उपस्थित नै भएनन् ।

उता कांग्रेस, नेकपा एस, स्वतन्त्र गरेर २३ जना रहेका छन् । ज्येष्ठ सदस्य भएकाले कांग्रेसका शिवराज भट्टले मत भने हाल्न पाएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर