दिगो विकास समितिका निर्देशन कार्यान्वयनको अवस्था अध्ययन गर्न उपसमिति गठन (भिडिओ) – Nepal Press

दिगो विकास समितिका निर्देशन कार्यान्वयनको अवस्था अध्ययन गर्न उपसमिति गठन (भिडिओ)

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले समितिका सदस्य महेशकुमार महराको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको हो ।

समितिबाट गत आर्थिक वर्ष ०७८–०७९ सम्म भएका निर्णय र निर्देशनको कार्यान्वयन अवस्थाको वारेमा अध्ययन गरी १ महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५२ को उपनियम ५ बमोजिम उपसमिति गठन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा नन्दा चपाईं र शारदादेवी भट्ट रहेका थिए ।

बैठकले समितिको बैठक एवं काम कारवाहीलाई प्रभावकारी बनाउका लागि समिति सभापति पन्थको संयोजकत्वमा परामर्श तथा सुझाव कार्यदल गठन गर्ने निर्णय भएको छ । समितिको सदस्यमा कमला पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, सिंगवहादुर विश्वकर्मा रहेका छन् ।

समितिको गत आर्थिक वर्ष ०७८–०७९ सम्मको निर्णय रनिर्देशनको कार्यान्वयन अवस्थाको अध्ययन सम्बन्धमा र विविध कार्यसूचीमा छलफल भएको छ । बैठकमा समितिको स्थापनादेखि गत आर्थिक वर्ष ०७८–०७९ सम्म समितिबाट भएका निर्णय र निर्देशनको कार्यान्वयन अवस्थाको वारेमा अध्ययन गर्ने सम्बन्धमा र विविध विषयमा छलफल पनि छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर