लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न – Nepal Press

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । साथै सभाले आ.व २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति पनि गरेको छ ।

यसैगरी आज काठमाडौंमा आयोजित साधरण सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि संचालक समितिको प्रतिवेदन र बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृतसमेत गरेको छ ।

साधरणसभाले आ।व। २०७८/७९ मा बैकंको निक्षेप १३९ अर्ब र बैकंको कर्जा १३२ अर्ब तथा बैंकको वासलातको आकार १७३ अर्ब रहेको पनि जनाएको छ । त्यसैगरी यस आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *