गरिमा-सुधिर अभिनित ‘दिलराजा’ को म्युजिक भिडिओ बजारमा – Nepal Press

गरिमा-सुधिर अभिनित ‘दिलराजा’ को म्युजिक भिडिओ बजारमा

काठमाडौँ । गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडिओ रिलिज भएको छ ।

काठमाडौंको चोभार, कपन, भद्रकालीलगायतका स्थानमा छायांकन गरिएको भिडिओमा पछिल्लो समय चर्चा कमाएका मोडलद्वय गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ । उक्त गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ ।

भिडिओले गहिरो प्रेममा रहेका जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । लोकप्रिय गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडिओमा अतिथि कलाकारको रूपमा सुब्रत आचार्य छन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडिओको छायांकन उत्सव दाहाल र सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडिओ निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *