गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल – Nepal Press

गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् ।

प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाएका छन् । गठबन्धनमा आबद्ध दलहरुसँगको संयुक्त बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भइरहेको जनाएको छ ।

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । वुधबार साँझ पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर