नेपाल टेलिकमको नयाँ अफर, यस्ता छन् आकर्षक सुविधा – Nepal Press

नेपाल टेलिकमको नयाँ अफर, यस्ता छन् आकर्षक सुविधा

काठमाडौँ । नेपाल टेलिकमले पुस २८ गतेदेखि लागू हुनेगरी ‘विन्टर अफर २०७९’ सुरु गरेको छ । उक्त अफरमा डाटा, भ्वाइस र सन्देशका नयाँ प्याक उपलब्ध गराइएको छ ।

जसअन्तर्गत ६९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीबी डाटा जसमा दैनिकरुपमा १ जीबी १०० मिनेट कुराकानी र १०० वटा मेसेज, यसैगरी ४९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार ६०० एमबी डाटा जसमा दैनिक ७०० एमबीे, ७० मिनेटको भ्वाइस र ७० वटा मेसेज, त्यस्तै ३४९ रुपैयाँको प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा जसमा दैनिक ५०० एमबीे, ५० मिनेटको भ्वाइस र ५० वटा मेसेज र १९९ रुपैयाँमा २८ दिनका लागि कुल ४ हजार २०० एमबी डाटा जसमा दैनिक १५० एमबीे, १५ मिनेट भ्वाइस र १५ वटा मेसेज, लगायतका नयाँ प्याक रहेका छन् ।

सो अफरअन्तर्गतका १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याक सबै नेटवर्कका लागि उपलब्ध हुने जनाइएको छ । यसका साथै टेलिकमले स्टे कनेक्टेड अफरलाई पनि १३० रुपैयाँमा जम्मा ६ जीबी डाटामा १ सय ५० मिनेट अल नेटर्वक थप गरेको छ । साथै, पोस्टपेड कम्बो प्याकमा पनि ४ जीबी डाटा प्याकमा रेन्टल समाबेश गरी निरन्तरता दिइएको छ ।

यसैगरी वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६ सय ८२.६४ रुपैयामा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र पर्ने कम्पनीले जनाएको छ ।

यसमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिने ५९९ रुपैयाँको प्याक उपलब्ध रहेको छ । साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिने र ९९९ रुपैयाँ र १४९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड), र क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टलिकमले जनाएको छ ।

अफर प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल गरी अथवा कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *