वागमती प्रदेश : सभामुखमा कांग्रेसका अधिकारीले गरे उम्मेदवारी दर्ता
नेपाल प्रेस
२०७९ पुष २८ गते १३:१८
हेटौँडा । बागमती प्रदेशको सभामुखको लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।
धादिङबाट समानुपातिक सांसद रहेका अधिकारीले प्रदेशसभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ ।
प्रतिक्रिया