विश्वकै ‘५२’ औँ स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा – Nepal Press

विश्वकै ‘५२’ औँ स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब यो वर्षपनि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औँ स्थानमा परेको थियो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।

टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । तल देखिएको फोटोलाई स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ ।

एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात् बेलायतको झण्डामा क्लिक गर्नुपर्छ ।

मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ‘इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ ।

प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ ।

सय क्लबको छनौटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रका लागि केही गर्न सक्न जाने सन्देश जाने धारण भुपेन शमशेर कुँवरले व्यक्त गरे ।

पछिल्लो समय क्लबका कारण रात्रिकालीन व्यापार व्यवसाय गर्नेलाई सहज भइरहेको उनले सुनाए ।

पर्यटकीय क्षेत्र ठमेलमा भाडाका सवारीसाधनको आम्दानीको स्रोत बढिरहेको उनले उल्लेख गरे ।

‘क्लबले सयौँलाई रोजगारी प्रदान गरेको छ,’ उनले भने,’ क्लब खुलेपछि साना व्यवसायीको संख्या बढेको छ । मृत गल्लीलाई जाग्नेसमेत बनाएका छौ ।‘

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *