२७५ जना संघीय सांसदको नाम सार्वजनिक : सुरूमा एमालेका अच्युत अन्तिममा कांग्रेसका ज्ञानेन्द्र (सूचीसहित) – Nepal Press

२७५ जना संघीय सांसदको नाम सार्वजनिक : सुरूमा एमालेका अच्युत अन्तिममा कांग्रेसका ज्ञानेन्द्र (सूचीसहित)

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा, २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । सचिवालयले वर्णानुक्रमअनुसार १२ वटै राजनीतिक दल र स्वतन्त्रबाट निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा नेकपा एमालेबाट निर्वाचित अच्युतप्रसाद मैनालीको नाम रहेको छ भने दोस्रोमा नेपाली काँग्रेसबाट निर्वाचित अजयकुमार चौरसियाको नाम रहेको छ ।

नामावलीको अन्तिम अर्थात् २७५ नम्बरमा नेपाली काँग्रेसबाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीको नाम रहेको छ भने त्यो भन्दा अगाडी २७४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित ज्ञानु बस्नेतको नाम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर