चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर – Nepal Press

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर

चितवन । शुक्रवारबाट प्रदर्शन हुने सिनेमा ‘तिम्रो मेरो साथ’को प्रिमियर चितवनमा सम्पन्न भएको छ । चितवनको रहेको सीबी मलमा रहेको चितवन सिनेप्लेक्समा प्रिमियर गरिएको हो ।

प्रिमियर अघि तिम्रो मेरो साथका मुख्य अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, अर्का अभिनेता सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेल चितवन महोत्सवमा समेत सहभागी भएका थिए ।

त्यहाँ टिमले फिल्मको प्रचार पछि सबैले नृत्य गरेर रमाइलो गरेका थिए ।

चितवन महानगरपालिकाकाकी मेयर रेनु दाहालको समेत उपस्थित रहेको प्रिमियरमा दर्शकको बाक्लो उपस्थिति थियो ।

टिकट किनेर नै प्रिमियरमा सिनेमा हेर्न पुगेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूले सिनेमा उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए ।

सबैबाट सकारात्मक प्रतिक्रिया पाएपछि चलचित्र टिम खुसी देखिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *