एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री रविको निर्देशन (भिडिओ) – Nepal Press

एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री रविको निर्देशन (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रविले हिजो संसदमै उपस्थित हुँदा आफूले नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको बताए ।

‘मैले देखिनँ । म बाहिर गएर हस्ताक्षर गरेँ । थाहा पाइनँ । थाहा पाएपछि इमिडियट आईजीपीलाई फोन गरेर पक्राउ गर्न भनिसकेको छ । प्रहरीको आफ्नो प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रहरी लागिपर्नेछ ।’

महोत्तरी १ बाट निर्वाचित सांसद महतो मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार सूचीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर