मन्त्रालय कटौतीको निर्णयपछि मन्त्रीको रेस छाडेर उपसभामुखको ‘पोस्ट’मा नजर – Nepal Press

मन्त्रालय कटौतीको निर्णयपछि मन्त्रीको रेस छाडेर उपसभामुखको ‘पोस्ट’मा नजर

विराटनगर । नेकपा एमाललेलाई प्रदेश १ को उपसभामुखमा कसलाई बनाउने भन्नेमा सकस भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रालयको संख्या घटाएर ९ बनाउने निर्णय गरेसँगै एमालेका सांसदहरुको आँखा उपसभामुखतर्फ लागेपछि उपसभामुख कसलाई बनाउने भन्ने छलफलमै रहेको छ ।

सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुबीचमा भएको बाँडफाँटमा प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेको भागमा उपसभामुख परेसँगै प्रदेश १ को उप सभामुखमा कसलाई पठाउने भनेर छलफल भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उपसभामुख बन्ने लाइनमा भोजपुरकी सृजना राई उदयपुरकी सृीजना दनुवार र तेह्थुमकी कमला दर्नाल छन् । यी मध्येबाट एक जनालाई एमालेले उपसभमुख बनाउने छ । उप सभामुखको लाइनमा सुनसरीकी मिरा आचार्यले समेत इच्छा देखाएको भएपनि उनको सम्भावना भने नरहेको एमाले नेताहरुले बताए । उनी एमाले नेता भिम आचार्यकी श्रीमती हुन् । उपसभामुख बन्ने दौडमा रहेकी भोजपुरकी राईलाई उपसभामुख नबन्ने बताएको एमाले श्रोतले बतायो । तर नेपाल प्रेससँग भने पार्टीले दिएको जुनसकै भूमिका निभाउने बताइन् ।

प्रदेश १ को सभामुख भने बाबुराम गौतम हुने भएका छन् । हिजो भएको निर्वाचन कार्यतालिकामा सत्ता साझेदार दलहरुले गौतमको नाम मनोनयन गरेका थिए । अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्वीरोध सभामुख हुने भएका छन् । भोलि उनी सभामुख हुने छन् । सभामुख नियुक्त भएपछि उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर