लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेश – Nepal Press

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ।

आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसहित दाबी पेस गरेका हुन् ।

नेकपा एमाले,माओवादी केन्द्र, राप्रपा ,जसपा, नागरिक उन्मुक्ति लोसपाका सांसदहरु र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको हस्ताक्षरसहित सरकार गठन दाबी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३, सीट छन् । नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर