मुख्यमन्त्री कार्कीले २९ गते विश्वासको मत लिने – Nepal Press

मुख्यमन्त्री कार्कीले २९ गते विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले विश्वासको मत लिने प्रयोजनका लागि मिति पुस २९ गते ११स्०० बजे विश्वासको मत प्राप्त गर्ने सूचना टाँस भएको बताए ।

मुख्य मन्त्री कार्की ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्य मन्त्री भएका हुन ।

उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर