‘शिवम्‌सँग उपहार टन्न’ योजना : पहिलो चरणमा ७० जनाको चम्कियो भाग्य – Nepal Press

‘शिवम्‌सँग उपहार टन्न’ योजना : पहिलो चरणमा ७० जनाको चम्कियो भाग्य

काठमाडौं । नेपाली सिमेन्ट उद्योग शिवम् सिमेन्टको ‘शिवम्‌सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र सम्पन्न भएको छ ।

लक्की ड्रअन्तर्गत पहिलो महिनाको भाग्यशाली उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना गरी कुल ७० जना बिजेताको नाम पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

कम्पनीले मंसिर १८ गते देखि सर्वाधिक धनराशीको स्किमसहित ‘शिवम्‌सँग उपहार टन्न’ उपहार योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी दुई सयदेखि पाँच सय रूपैयाँसम्म नगद, १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का र सुनको सिक्री पक्का उपहार राखिएको थियो ।

सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो ।

यस महिनाको सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ वागमती-पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्स्ट्रक्सनका दुई जोडीले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका कम्पनीले जनाएको छ ।

त्यसैगरी दोस्रो पुरस्कारअन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटूर पुरस्कार जितेका छन् । तेस्रो पुरस्कारमा भने बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ता गरी ६ जनाले आधा केजी चाँदी प्राप्त गरेका छन् । यस्तै चौथो पुरस्कारबापत ८ जनालाई हीराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट प्रदान गरिएको छ ।

उत्साह जनक रूपमा सहभागिता जनाई योजनालाई सफल पार्न सहयोग गरेको भन्दै कम्पनीले सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग र वितरकलाई धन्यवाद दिएको छ । यसका साथै उक्त योजना अन्तर्गत ‘स्योर सर्ट’ पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्रमार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *