अढाई घण्टा धकेलियो कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक – Nepal Press

अढाई घण्टा धकेलियो कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक

कैलाली । आज बिहान ८ बस्ने भनिएको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक १०ः३० मा हुने भएको छ ।

बिहान केही प्रदेश सभा सदस्यहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका थिए । तर, संसदीय दलका नेता कमल शाहले बैठक १०ः३० मा हुने बताएपछि उनीहरू पनि फर्किए ।

आज मुख्यमन्त्रीको दाबी गर्ने र सभामुखको मनोनयन गर्ने अन्तिम दिन हो । आज बिहान यिनै विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर