निर्धारित समय भित्रै सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने एमालेको तयारी – Nepal Press

निर्धारित समय भित्रै सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने एमालेको तयारी

कैलाली ।आज निर्धारित समय भित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने सुदूरपश्चिममा एमालेले तयारी गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ सकिँदै छ । त्यो भन्दा अघि नै एमालेले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दाबी पेश गर्ने जनाएको छ ।

सत्ता गठबन्धन भित्र एमालेको भागमा परेको सुदूरपश्चिममा एमालेले प्रदेश प्रमुखले दिएको समय भित्रै दाबी पेस गर्ने प्रदेश सभा सदस्य धर्म पाठकले जानकारी दिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सुदूरपश्चिम प्रदेशमा सांसदको संख्या २९ हुन्छ ।

यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्।

यी चार दलको समर्थनमा एमालेले आजै दाबी पेश गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर