निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र निर्देशन गर्दै – Nepal Press

निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र निर्देशन गर्दै

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन् । केबल तामाङ्को प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ ।

यो फिल्ममा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड अफ प्रोडक्शन रहने फिल्ममा सौरभ लामाको छायांकन रहने पक्का भएको छ ।

यो फिल्मको मुख्य भूमिकामा नायक दयाहाङ राई फाइनल भएका छन् । निर्माणपक्ष र दयाबीच आज यो फिल्मका लागि संझौता भएको हो ।

फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माण पक्षले बताएको छ । फिल्मको बारेमा निर्देशक श्रेष्ठले भने, ‘यो फिल्मलाई हामी लभस्टोरी र कमेडी कथामा निर्माण गर्दैछौ । फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ ।’ माघको २० गतेबाट फिल्मको छायांकन गरिने प्रस्तुतकर्ता केबल तामाङ्गले बताए ।

प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ ।

फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माणपक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङ्गले भने–‘पर्यटनका लागि सिनेमा’ भन्ने मुल नारा बोकेर हामी यो फिल्म निर्माण गर्र्दछौं ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *