सभामुखको निर्वाचन माघ ५ गते हुने
नेपाल प्रेस
२०७९ पुष २६ गते १७:४८
काठमाडौं । सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसदको अर्को बैठक आगामी माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने बताए । त्यही बैठकमा सभामुखकाे निर्वाचन हुनेछ ।
त्यस्तै, उनले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई माघ ३ गते सभामुखको निर्वाचनको मिति तोक्न पनि निर्देशन दिएका थिए ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।
सत्ता गठबन्धनबीच एमालेले सभामुख पाउने सहमति भइसकेको छ ।
प्रतिक्रिया