५० रुपैयाँ दरको ३० करोड थान नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई – Nepal Press

५० रुपैयाँ दरको ३० करोड थान नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई

काठमाडौ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ३० करोड थान नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले ३० करोड थान ५० रुपैयाँ नोटको डिजाइन, मुद्रण तथा आपूर्तिका लागि भारतीय कम्पनी-सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिएको जनाएको छ ।

यसअघि केन्द्रीय बैंकले नोट छपाइका लागि बोृलकबोल आह्वान गरेको थियो । जसमा चिनियाँ कम्पनी, भारतीय कम्पनी र फ्रान्सेली कम्पनीले बोलकबोलमा सहभागिता जनाएका थिए । सबैभन्दा सस्तोमा बोलकबोल गरेको भारतीय कम्पनीलाई नोट छपाइको जिम्मा दिइएको केन्द्रीय बैंकले भनेको छ । ५० लाख ४८ हजार ७८० डलर मा छाप्ने जिम्मा दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *