नवनियुक्त मन्त्री लिम्बुको पहिलो सम्बोधन: संविधान संशोधनका लागि संघर्ष जारी
नेपाल प्रेस
२०७९ पुष २६ गते १३:०७
विराटनगर । प्रदेश १ कि नवनियुक्त मन्त्री निर्मला लिम्बुले संविधान संशोधन हुनुपर्ने बताएकी छ्न् ।
जनता समाजवादीबाट प्रदेश सभा सदस्य बनेकी मन्त्री लिम्बुले संसदमा सम्बोधन गर्दै पछाडि पारिएका सीमान्त्कृत जनजाति र विभेदमा परेकाहरुको लागि बैधानिक ढङ्गले संघर्ष गर्ने बताइन् ।
विना विभागिय मन्त्री लिम्बुले संविधानमा त्रुटि रहेको भन्दै संशोधनका लागि संघर्ष जारी रहेको बताइन् ।प्रदेश १ को नामाकरण हुन नसकेको भन्दै अबको नामाकरण प्राथमिकतामा रहेको उल्लेख गरिन् ।
उनले पहिचानसहितको प्रदेशको नामाकरण हुनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया