विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने, जनकपुरको टिम मैदान आयो – Nepal Press

विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने, जनकपुरको टिम मैदान आयो

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत दोस्रो क्वालिफायरमा विराटनगर सुपर किङ्सले जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा विराटनगर रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदै छ । भने, जनकपुर ट्रेभोन ग्रिफितको कप्तानीमा रहने छ ।

जनकपुरको टिम समयमा मैदान नआउँदा खेल आधा घण्टा ढिला गरी सुरु हुन लागेको हो ।

११ः३० मा टस हुनु पर्नेमा १२ः१५ मा भएको थियो ।

पहिलो क्वालिफायरमा पनि जनकपुर समयमा मैदान नआउँदा टस ढिला भएको थियो । खेलपछि जनकपुरका मार्की खेलाडी सोम्पाल कामीले खेलाडीको पारिश्रमिक नआएकाले नखेल्ने भन्ने निर्णयमा पुगेको बताएका थिए ।

पहिलो क्वालिफायरमा जनकपुरले म्याचविनिङ खेलाडी चादविक वालटन बिनै खेलेको थियो । वालटन पारिश्रमिकको विषयमै असन्तुष्टि जनाउँदै उक्त खेलमा मैदानमै उपस्थित थिएनन् । आजको खेलमा वालटन उपस्थित रहने छन् ।

यो खेलको विजेताले फाइनलमा बुधबार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ ।

जनकपुरको प्लेइङ ११ : सोमपाल कामी, सन्दीप जोरा, ललित नारायण राजवंशी, पवन शर्राफ, जितेन्द्र कुमार मुखिया, खडक बहादुर बोहरा, राजेश पुलामी मगर, चादविक वालटन, ट्रेभोन ग्रिफित, समिउल्लाह सिनवारी, शरार्फुदिन अशरर्फ

विराटनगरको प्लेइङ ११ : रोहित कुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, शूर्य तामाङ, अमरसिंह रौटेला, पृथु बास्कोटा, विवेक कुमार यादव, गौरान्सु शर्मा, मोहमद हुसेन टलत, राज राकी ननन्, कियोन जोसेफ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर