जनकपुरको टिम समयमा मैदान नआउँदा अझै टस हुन सकेन – Nepal Press

जनकपुरको टिम समयमा मैदान नआउँदा अझै टस हुन सकेन

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीचको खेल समयमा टस हुन सकेको छैन ।

जनकपुर सुपर किङ्सको टिम समयमा मैदान आई नपुग्दा टस हुन नसकेको छ ।

११ः३० मा टस हुनु पर्नेमा १२ बजेसम्म पनि टिम मैदान आइपुगेको छैन ।

पहिलो क्वालिफायरमा पनि जनकपुर समयमा मैदान नआउँदा टस ढिला भएको थियो ।

खेलपछि जनकपुरका मार्की खेलाडी सोम्पाल कामीले खेलाडीको पारिश्रमिक नआएकाले नखेल्ने भन्ने निर्णयमा पुगेको बताएका थिए ।

पहिलो क्वालिफायरमा जनकपुरले म्याच विनिङ खेलाडी चादविक वालटनबिनै खेलेको थियो ।

वालटन पारिश्रमिकको विषयमै असन्तुष्टि जनाउँदै उक्त खेलमा मैदानमै उपस्थित थिएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर