खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य – Nepal Press

खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा सहकार्य गरेको छ ।

रमले खेलको प्रवर्द्धन र खेलाडीको मनोवल वृद्धिका लागि लिग तथा इभेन्टमा सहकार्यको अभ्यास सुरु गरेको हो ।

हालै खुकुरी रमले प्रदेश १ को धरानमा आयोजित गल्फ प्रतियोगितामा सहकार्य गरेको हो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीको मनोबल वृद्धिका लागि आफूले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले बताईन ।

त्यसैगरी फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा पनि आफूले सहकार्य गरेको अधिकारीले बताइन् ।

रमले आगामी दिनमा खेलको प्रवर्द्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *