एमाले कर्णाली संसदीय दलको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिने – Nepal Press

एमाले कर्णाली संसदीय दलको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिने

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आज बैठक आज दिउँसो बस्ने भएको छ ।

मङ्गलवार दिउँसो एक बजे बैठक बस्न लागेको हो । मुख्यमन्त्री गुमाएको एमालेले सरकारमा सहभागी हुने बारे आजबाट छलफल सुरु गर्न लागेको छ ।

एमालेकी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दक्षिणा शाहीले सभामुख को भन्ने विषयमा आज छलफल सुरु गर्ने तयारी रहेको बताइन् ।

उनले भनिन्, ‘भोलि २७ गते ५ बजे भित्र सभामुख को बन्ने भन्ने विषयमा छलफल टुङ्गाउनु पर्ने हुँदा बैठक बस्न लागेका छौँ ।

बैठकमा दलका नेता यामलाल कँडेलले सरकारमा सहभागी हुने/नहुनेबारेमा छलफल गर्नका लागि पनि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर