मन्त्रिपरिषद बैठक- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय – Nepal Press

मन्त्रिपरिषद बैठक- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेकाे थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यान्वयनको कार्ययाेजनासहित लागू गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले नेपाल प्रेसलाई  जानकारी दिए ।

प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद बैठक- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

  1. सहि निर्णय । नेपाललाई जोडने काम गर्ने जो कोहिलाई पनि सम्मान गर्दै उनको कामको कदर गर्नु राम्रो काम हो । यसबाट राजावादीले के नभन्ठान्नु भने अब राजाका दिन आए । राजा मान्ने नमान्ने र यो जयन्ती मनाउनु कुनै सरोकार छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर