कांग्रेसलक्षित ओलीको टिप्पणी- हामीसँग करिब १८० मत छ, भोलि ८५/८८ थपिए पनि अचम्म मान्नुपर्दैन (भिडिओ) – Nepal Press

कांग्रेसलक्षित ओलीको टिप्पणी- हामीसँग करिब १८० मत छ, भोलि ८५/८८ थपिए पनि अचम्म मान्नुपर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा १८० मत पाउने दाबी गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग करिब १८० मत छ । त्यसमाथि भोलि ८५/८८ थपियो भने पनि केही अप्ठ्यारो मान्नुपर्दैन । पानी ग्यासमा नलागेर अन्त पोख्नुको अर्थ छैन सबैले बुझ्नुपर्छ ।’

सरकारले विश्वासको मत पाउँदैन भनेर बाहिर हल्लाको पछि लाग्नुको अर्थ नभएको बताए ।

‘हल्ला धेरै चल्छ, कसैले सरकार ढाल्छ न सोच्नु होला धेरै खेलाडी यहाँ दर्शक भइसके । यो सरकार स्थायित्वका लागि बनेको हो । यो सरकार बनाउने र गिराउने खेल होइन’ उनले भने, ‘यो स्थायी सरकार हो । कुनै हल्लाको पछि लाग्नुको काम छैन । यो सरकार निकम्मा होइन गतिशिल स्थिर सरकार हो ।’

सत्ता साझेदार दलको सबैभन्दा ठूलो दल भएको नाताले सरकारलाई सफल बनाउन लाग्ने उद्घोष गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर