नागरिकता विधेयक तुरुन्त पास गरौं, कतिपय आत्महत्या गर्ने अवस्थामा छन् : रामसहाय यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता रामसहाय यादवले नागरिकता विधेयक फेरि संसदले तुरुन्त पास गर्नुपर्ने बताएका छन् ।
मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नागरिकता नपाएर कैयौं आत्महत्या गर्ने अवस्थामा पुगको बताए ।
उनले भने, ‘नागरिकता नपाउँदा देशका अधिकांश नागरिक अनागरिक भएर बस्न बाध्य छन् । जन्मसिद्धका सन्तान अहिले पनि आमबुवा नागरिक र आफै अनागरिक छन् । कैयौं आत्महत्या गर्नुपर्ने अवस्थामा छन्। अब एक महिनाभित्र नभएर तुरून्त यसलाई कार्यान्वयनमा लानुपर्छ ।’
उनले यसअघि प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनबाट पारित भएर दुई–दुई चोटी जाँदा पनि राष्ट्रपति कार्यालयमा थन्किएर बसेकोप्रति असन्तुष्टि व्यक्त गरे ।