प्रदेश १ मा आलोपालोको सहमति गर्न माओवादीले केन्द्रमा लेखी पठाउने (भिडिओ) – Nepal Press

प्रदेश १ मा आलोपालोको सहमति गर्न माओवादीले केन्द्रमा लेखी पठाउने (भिडिओ)

विराटनगर । माओवादी प्रदेश १ संसदीय दलको बैठकले मुख्यमन्त्री आलोपालो हुनेगरी सहमति गर्न केन्द्रमा लेखेर पठाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री दाबी गरिरहेको बेला एमालेलाई मात्र एकलौटी दिएको भन्दै आजै मन्त्री नपठाउने निर्णय भएको सांसद गणेश उप्रेतीले बताए ।

उनले पार्टी केन्द्रलाई निर्णय सच्याउन अनुरोधसहित पत्र लेख्ने र सो पत्रको जवाफ नआएसम्म सरकारमा नजाने बताए ।

माओवादीसहितको समर्थनमा यहाँ हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर