सदनमा ओलीले भने- जनताले परिवर्तन खोजेका छन्, देश चलाउने सरकार चाहिन्छ (भिडिओ) – Nepal Press

सदनमा ओलीले भने- जनताले परिवर्तन खोजेका छन्, देश चलाउने सरकार चाहिन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको बताएका छन्।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देश विकास र जनताको सेवामा अग्रसर हुनुपर्ने बताए।

उनले भने, ‘राजनीतिलाई ठिक ढंगबाट अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी सदनसमक्ष छन्। हाम्रा अगाडि राष्ट्रियताका प्रश्न छन्। हामीले कतिपय समस्याको समाधान गर्नुपर्ने छ।’

जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको उनको भनाइ छ। उनले भने, ‘व्यक्तिको मान सम्मानको लागि होइन, देश चलाउनका लागि हामीले सरकार बनाउनुपर्छ। जनताको काम गर्न सरकार चाहिन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर