वागमतीमा माओवादीका शालिकरामलाई नेकपा एस र लौरोले पनि समर्थन गर्ने – Nepal Press

वागमतीमा माओवादीका शालिकरामलाई नेकपा एस र लौरोले पनि समर्थन गर्ने

हेटौँडा । नेकपा माओवादी केन्द्र नेतृत्वको वागमती प्रदेशको सरकारलाई नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ । त्यस्तै लौरो अभियानको हाम्रो नेपाली पार्टीले पनि समर्थन गर्ने भएको छ ।

अब केहीबेरमा मुख्यमन्त्रीको लागि ७० जनाले समर्थनसहित माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न जाने तयारी छ ।

जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ७० जनाको समर्थन प्राप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर