रोहितको उत्कृष्ट ब्याटिङमा विराटनगरले काठमाडौंलाई दियो १८३ रनको चुनौतीपूर्ण लक्ष्य – Nepal Press

रोहितको उत्कृष्ट ब्याटिङमा विराटनगरले काठमाडौंलाई दियो १८३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकीय इनिङमा विराटनगर सुपर किङ्सले जारी नेपाल टी–२० लिगको इलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई १ सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार पारेको छ ।

ओपनर गौरान्सु शर्मा १ रन र अर्जुन साउद २ रनमा आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले विराटनगरका लागि सर्वाधिक ६१ रनको योगदान गरे । उनले तेस्रो विकेटका लागि हुसेन टलतसँग ९८ रनको साझेदारी गर्दै ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । तलतले २३ बलमा १ चौका र तीन छक्कासहित ३८ रन योगदान गरे ।

राज ननन् २३ रनमा आउट हुँदा विवेक यादवले १८ बलमा ३ चौका र तीन छक्का प्रहार गर्दै ४६ रन जोडे । काठमाडौंका अनिल खरेलले ४ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले ४ ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिँदा गौतम केसी र अविनाश बोहराले समान एक विकेट लिए ।

आजको खेलको विजेताले मङ्गलवार हुने दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससँग खेल्नेछ । भने, पराजित हुने टिम बाहिरिने छ ।

पहिलो क्वालिफायरमा लुम्बिनी अलस्टार्स जनकपुरलाई हराउँदै आइतबार फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर